मिलाप फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
जेठ ५ नुवाकोट ।
मिलाप फाउण्डेसनले निःशुल्क स्वास्थ्य शिविर गरेकोे छ ।
‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको मिलाप फाउण्डेशनले जेठ ४ गते शनिबार नुवाकोटको विदुर नगरपाालिका, वडा नं. ७, साहुगाउँमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
अल्का अस्पताल काठमााडौं र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटका चिकित्सकहरुले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
बच्छलादेवी बहुउद्देश्यीय सहकारी संस्था लि. नुवाकोटको सहकार्यमा भएको स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी व्यक्तिले स्वास्थ्य परिक्षण गराएका थिए ।
स्वास्थ्य परिक्षणमा विरामीहरुलाई निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।
विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले निःशुल्क शिविर अयोजना कार्यक्रममा साथ सहयोग पुर्याउने सबैलाई धन्यावाद दिदै आउँदा दिनहरुमा पनि समाजका विभिन्न क्षेत्रमा काम गर्ने फाउण्डेसनकी अध्यक्ष गीता अधिकारीले बताइन ।