सिन्धुली-धादिङबाट एकैसाथ अप्टिकल फाइवर विछ्याउन सुरु

जेठ ०६,२०७६

-

जेठ ६,२०७६ काठमाण्डौं । 
नेपाल सरकारले मध्यपहाडी लोकमार्गको पाचथरको चिवाभन्ज्याङदेखि धादिङ आरुघाटसम्म अप्टिकल फाइवर विच्छाउन सुरु गरेको छ।
 
नेपाल दुरसंचार प्राधिकरणले सोही कार्यक्रम अन्तर्गतको दोस्रो चरण सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटबाट अप्टिक फाइबरको नेटवर्क ब्याबोनको निर्माण सुरु गरेको हो। 
 
ग्रामीण दुरसंचार विकास कोषको ३ अर्व ६ करोड ४२ लाख ५९ हजार ९ सय ७९ रुपैयाँमा तिनवटा प्रदेशबाट एकसाथ निर्माण सुरुगरीएको हो। अप्टिकल फाइवरको ‘नेटवर्क ब्याबोन’ को निर्माणकार्य दोस्रो फेज अन्तरगत सिन्धुली प्याकेजको सोमबार एक औपचारिक कार्यक्रम मार्फत सिन्धुलीको खुर्कोटबाट शुभारम्भ गरिएको हो।
 
मध्यपहाडी लोकमार्गमा सूचना प्रणाली तयार गर्ने उदेश्यले आरम्भ गरिएको उक्त नेटवर्क ब्याबोनको निर्माण आरम्भ दुरसंचार प्राधिकरण क्षेत्रीय कार्यालय वीरगंजका प्रबन्धक इन्दल यादवले गरेका थिए।  
 
सरकारको डिजिटल नेपाल बनाउने योजना अनुरुप मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलान्जोर गाँउपालिका–७ खुर्कोटमा सोमाबारदेखि अप्टिकल फाईबर विच्छ्याउन सुरु गरिएको दुरसञ्चार कार्यालय सिन्धुलीले जनाएको छ। 
 
प्रदेश १ अन्तर्गत धनकुटाको हिले र प्रदेश ३ अन्तर्गत धादिङको गल्छि र सिन्धुलीको खुर्कोटमा एकै साथ फाईबार विच्छ्याउने योजना अनुसार खुर्कोटमा पनि अप्टिकल फाईबर विच्छ्याउन सुरु भएको दुरसञ्चार प्राधिकरणले जनाएको छ।  
 
नेपाल टेलिकमले पाँचथरको चिवाभञ्याङदेखि धादिङको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुदै दुई हजार १ सय ७९ किलोमिटर फाईवर विच्छ्याउने कार्य औपचारिक रुपमा सुरु गरेअनुसार सिन्धुलीको खुर्कोटबाट सुरु भएको हो।