जेठ १५,२०७४
-
जेठ १५ -
फिल्म ‘लाउरे’को शुभ–मुर्हत गरिएको छ ।
पुर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको अभिनय रहने उक्त फिल्मको सोमबार बिहान कमलादीस्थित गणेश मन्दिरमा बिधिवत रुपमा पुजा गर्दै मुर्हत गरिएको हो । मुर्हतमा चलचित्रकर्मी, चलचित्रका कलाकार, बितरका गोबिन्द शाही, रंगपत्रकार लगायतको बाक्लो उपस्थिती थियो ।
श्रृष्टि श्रेष्ठ र आस्था व्याण्डका गायक नरेन लिम्बु, कृष्णा शाही, विक्रम सिंह, मेरुना मगरलगायतका कलाकारहरुको अभिनय रहने फिल्म दुर्गिश फिल्मस्को व्यानरमा बन्न लागेको हो । फिल्ममा निगम श्रेष्ठको निर्देशन र सुनिल रावलको निर्माण रहने छ ।
कार्यक्रममा निर्माता रावलले चलचित्र पत्रकारसंघ लागि रुपैया पचास हजार समेत सहयोग गरेका थिए ।
कार्यक्रममा पुर्व मिस नेपाल समेत रहेकी अभिनेत्री श्रृष्टिले चलचित्रको बिषयबस्तु र युनिट राम्रो भएको कारण काम गर्न लागेको बताइन् । निर्माता सुनिल रावलले लाउरे मार्फत दर्शकलाई उत्कृष्ट चलचित्र दिने बताए ।
काठमाडौं, धरान र दाजर्लिङमा खिचिने चलचित्र जेठ २१ बाट छायाँकनका निस्कने भएको छ ।
प्रमुख समाचार