Trending :
 

पाकिस्तानको एउटा गाउँमा बालबालिकालाई एड्स, बाबुआमालाई छैन

जेठ ०८,२०७६

-

जेठ ८, २०७६ काठमाडौं ।
 
बाबु आमालाई एचआइभी एड्स नभएपनि दक्षिणी पाकिस्तानको एउटा गाउँका बालबालिकामा अचानक एचआइभी एड्स फैलिएको पाइएको छ । चिन्तित बाबुआमाले उनीहरुलाई चिकित्सककहाँ लगेका थिए । 
 
उनीहरुले बच्चालाई ज्वरो आएको जनाएका थिए ।  त्यस्तै खालको बिराम भएका बच्चा अर्को सातापनि चिकित्सककोमा गए । डा. इमरान अरबानीले बालबालिकाको रगत परीक्षणका लागि पठाए ।
 
त्यसको नतिजा छक्क पर्ने खालको थियो । उनीहरुलाई एचआइभी एड्स भएको पाइएको थियो । तर, कसरी भन्ने कुरा भने खुलेको थिएन ।
 
गएको अप्रिल २४ सम्ममा १५ जना बच्चामा एड्स देखिएको छ । तर उनीहरुका अभिभावकलाई भने त्यस्तो समश्या छैन ।  सिन्ध एड्स कन्ट्रोल  प्रोग्रामका अनुसार विगतमा त्यस क्षेत्रमा परीक्षण गर्दा सन् २०१६ तिर नै १५२१ जना मानिसलाई एड्स देखिएको थियो ।
 
 प्रभावित मध्ये धेरैजसो पुरुष रहेका थिए । त्यो क्षेत्रका यौनकर्मीसँग सो प्रसंग जोडिएको थियो । ती मध्ये धेरैजसो समलिंगी थिए । पाकिस्तानमा बेश्याबृत्तीलाई मान्यता नभएपनि सो क्षेत्रमा भने केही खुला रहेको छ । 
 
विज्ञहरुका अनुसार एड्सका जिवाणु पहिला समलिंगीहरु मार्फत फैलिएको हुन सक्छ । बच्चाहरुको परीक्षणका क्रममा सिरिंज सफा नगरी पटक पटक प्रयोग गर्दा  यस्तो समश्या आएको हुन सक्ने जनाइएको छ । 
 
पाकिस्तानी प्रहरीले त्यसरी सिरिन्ज प्रयोग गर्ने केही त्यस्ता स्वास्थ्यकर्मीलाई पक्राउ समेत गरेको छ । यसरी पक्राउ पर्नेमा डा. मुजाफर घाङ्गोपनि एक हुन् । बीबीसीबाट