Trending :
 

भारतीय महिला लिग फुटबलको उपाधि नेपाली टोलीलाई

जेठ ०८,२०७६

-

जेठ ८, २०७६ काठमाडौं ।
भारतीय महिला लिग फुटबलको उपाधि नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले जितेको छ । 
 
बुधबार भएको फाइनलमा मणिपुर पुलिस स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि दिलाउन सावित्रा एक्लैले २ गोल गरेकी थिइन् ।
 
पहिलो हाफको ४४ औं मिनेटमा मणिपुरका लागि राधारानी देवीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनको गोलले सेथुविरुद्ध पहिलो हाफमा अग्रता बनाए पनि त्यो अग्रता दोस्रो हाफमा भने टिकाउन सकेन । 
 
५६औं मिनेटमा सेथुलाई मणिपुरले उपहार गोल दिएको थियो । ग्रेसले प्रहार गरेको बल किलियर गर्न खोज्दा उमापत्ति देवीले आफ्नै पोष्टमा पुर्याएकी थिइन् ।
 
१–१ गोलको बराबरी भएकाले बेला सेथुका लागि नेपाली खेलाडी  सावित्राले ६१ औं मिनेटमा गोल थप्दै अग्रता २–१ बनाउन  सफल भइन् ।
 
जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएकी सावित्राले ७० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टिम ३–१ ले अघि बढेको थियो । सावित्रा प्लेयर अफ् द फाइनलसमेत बनिन् ।