Trending :
 

बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिने !

जेठ १०,२०७६

-

जेष्ठ १०,२०७६ बेलायत ।
 
बेलायती प्रधानमन्त्री थेरेसा मेले कन्जरभेटिभ पार्टीको नेताका रुपमा जुन ७ मा राजीनामा दिने भएकी छिन् । यससँगै उनले नयाँ प्रधानमन्त्री चयन गर्नका लागि पनि मार्गप्रशस्त गरेकी छिन् ।
 
ब्रेक्जिटका लागि आफूले सक्दो प्रयास गरे पनि त्यसमा सफल हुन नसकेको बताउँदै उनले राजीनामा घोषणा गरेकी हुन् । प्रधानमन्त्री हुनु मेरो लागि सबैभन्दा ठूलो सम्मान हो, उनले भनिन् । कन्जरभेटिभ पार्टीले नयाँ नेता चयन नगरेसम्म उनी नै प्रधानमन्त्री रहने छिन् ।
 
त्यसको मतलब जुनको पहिलो हप्ताबाट सुरु हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत भ्रमणको समयमा मे नै प्रधानमन्त्रीको रुपमा रहने छिन् ।