Trending :
 

गुजरातको ब्यवसायिक भवनमा आगलागी हुदा १८ जनाको मृत्यु,कयौं घाइते

जेठ ११,२०७६

-

जेठ ११,२०७६ काठमाडौं ।
भारतको गुजरातस्थित एउटा व्यावसायिक भवनमा आगलागी हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । आगलागीमा परेर कयौं घाइते भएका छन् ।
 
उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । गुजरातको सुरत शहरको सारथानास्थित तक्षशिला कम्प्लेक्समा रहेको एक ट्युसन सेन्टरबाट आगलागी सुरु भएको बताइएको छ ।
 
आगलागीबाट मर्नेहरु अधिकांश छात्रछात्रा रहेका छन् । विद्यार्थीहरु ट्युसन सेन्टरमा पढिरहेको बेला काठको टुक्रामा लागेको आगो त्यहाँ परेपछि भवनमा सल्किएको थियो ।
 
गुजरातका मुख्यमन्त्री विजय रुपाणीले आगलागीको कारण पत्ता लगाउन आदेश दिनुभएको छ । राज्य सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
 
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् । एजेन्सी