गिनिज बुकमा नाम लेखाउन रुबिशा र एलिशाद्धारा ४० घन्टे नृत्यको सुरुवात
-
जेठ ११,२०७६ काठमाडौं ।
पछिल्लो समयमा नेपाली नारीहरु हिम्मतवालीको रुपमा निस्कीदै छन् । नेपालका नारीहरुले एक पछि अर्को गर्दै गिनिज बुक अफ अफ वल्र्ड रेकर्डसमा नाम लेखाउन प्रयास गरिरहेका छन् ।
गत बर्षमा नेपाली नारी बन्दना नेपालले लगातार १२६ घन्टा एकल नृत्य प्रस्तुत गरेर गीनीज बुक अफ वल्र्ड रेकर्डस्मा नाम राखी नेपालको नाम उच्च राख्नका लागी योग्दान पुर्याएकी थिईन् ।
सोही क्रममा पछिल्लो समयमा चन्द्रागिरी नगरपालिका वडा नं ६, काठमाडौं निवासी दुई दिदि बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले गिनीज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउन ४० घन्टा युगल नृत्यको सुरुवात गरेका छन् ।
बुवा शन्त प्रशाद श्रेष्ठ र आमा दुर्गा श्रेष्ठको कोखबाट जन्मिएका दुई दिदि बहिनी रुबिशा र एलिशाले औपचारिक तथा उद्घाटन कार्यक्रम सकिए लगत्तै शनिबारबाट नृत्य सुरु गरेका हुन् ।
औपचारिक कार्यक्रम पुर्व खेलकुद मन्त्री माननिय राजन कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने अतिथीको रुपमा चन्द्रागीरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, बुवा शन्त प्रसाद श्रेष्ठ, आमा दुर्गा श्रेष्ठ, संयोजक सन्तोष लामा, समाजसेवी सम्भुजन कार्की, टाईम किपर हरिचन्द्र लामा लगायत अन्य रहेका थिए ।
कार्यक्रममा पत्रकारहरुको बाक्लो उपस्थिीती रहेको थियो । यस कार्यक्रमको मिडिया संयोजकको रुपमा प्रकाश बराईली “अभिब्यक्ती” र मिडिया सपोर्टरको रुपमा बिरेन्द्र ओली रहेका छन् ।
कार्यक्रम गोल्डेन आई डान्स सेन्टरले आयोजना गरेको हो भने गिनिज बुक अफ वल्र्ड रेकर्डस ईभेन्ट नेपालले ईभेन्ट म्यानेज गरेको छ । दुई दिदि बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले काठमाडौं स्थित स्वयम्भुको क्वालिटी क्याफेमा लगातार ४० घन्टा सम्म नृत्य गरिरहने छन् ।
बन्दना नेपालले गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल भएपछि त्यसैबाट आकर्षित भएर यो कार्य योजना तय गरेको रुबिशा र एलिशाले बताएका छन् ।
कार्यक्रममा सबै दाजुभाई तथा दिदि बहिनीहरु उपस्थित रुबिशा र एलिशालाई हौसला प्रदान गरिदिनका लागी बुवा आमा शन्त प्रसाद श्रेष्ठ र दुर्गा श्रेष्ठले अनुरोध गरेका छन् ।