ब्रिटेनमा नयाँ प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा सुरु
-
जेठ १२,२०७६ काठमाडौं ।
ब्रिटेनमा, प्रधानमन्त्री टरिजा मे ले आगामी महिना पद त्याग्ने घोषणा गरेपछि कन्जरभेटिभ पार्टिको नेता को बन्ने भन्ने प्रतिस्पर्धा सुरु भएको छ।
स्वास्थ्य मन्त्री म्याट ह्यान्कक त्यस्तो प्रतिस्पर्धामा सहभागी हुन चाहने पाँचौँ टोरी नेता भएका छन्।
उनले बीबीसीसँगको कुराकानीको क्रममा ब्रेक्जिट लागु गर्नु अत्यन्त जरूरी रहेको भन्दै टरिजा मेको उत्तराधिकारीले संसदबाट त्यस्तो प्रस्ताव पारित गराउनका लागि आवश्यक ूसम्झौताहरूू का सम्बन्धमा ूक्रुर इमानदारीताू देखाउनु पर्ने बताएका छन्।
सत्ताधारी पार्टिभित्रको नेतृत्वको प्रतिस्पर्धाले नै युकेको भावी प्रधानमन्त्री को हुन्छ भन्ने निर्धारण गर्दछ।
आगामी जुलाई महिनाको अन्त्यसम्ममा नयाँ नेता चयन भैसक्ने कन्जरभेटिभ पार्टिका नेताहरूले अपेक्षा गरेका छन्।
टरिजा मेले शुक्रबार आफूले पार्टि नेताको पदबाट आगामी जुन ७ तारिखमा राजीनामा दिने घोषणा गरेकी थिइन् र उनले पार्टिले नयाँ नेता चयन नगर्दासम्म आफूले प्रधानमन्त्रीको पद सम्हालीरहने बताएकी थिइन्।