कर्णाली प्रदेशलाई ९४ रनले हराउादै प्रधानमन्त्री कपमा पुलिस विजयी
-
जेठ १२,२०७६ काठमाडौं ।
कर्णाली प्रदेशमाथि ९४ रनको नतिजा निकाल्दै विभागीय क्लब नेपाल पुलिसले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ । समूहको पहिलो खेलमा कर्णालीलाई ९४ रनले पराजित गर्दै पुलिसले विजयी सुरुआत गरेको हो ।
पुलिसको जितमा दिलिप नाथ र कुशल भुर्तेलले अर्धशतक बनाए । उत्कृष्ट साझेदारी गरेका दिलिपले ७२ रन बनाउँदा कुशलले ६२ रनको योगदान दिएका थिए ।
मूलपानी क्रिकेट मैदानमा म्याट राखेर खेलाइएको खेलमा दिलिप र कुशलको उत्कृष्ट साझेदारीमा पुलिसले १ सय ८५ रन बनाएको थियो । दिलिपले ८४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ७७ बल खेलेका कुशलले ६ चौका र १ छक्का प्रहार गरेका थिए । कर्णाली प्रदेशका सुदन पोखरेलले ५ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् ।
उनका अलावा दिवन पुनले २ विकट लिँदा रविन्द्र शाही र दिनेश अधिकारीले १-१ विकेट लिए । १ सय ८६ रनको लक्ष्य पच्छ्याएको कर्णाली प्रदेश २७ ओभरमा ९१ रनमा अलआउट भयो । कर्णाली प्रदेशका लागि सुशान्त थापाले २९ रन बनाए । महेश खत्रीले १७ रन जोड्दा दिनेश अधिकारीले १६ रन बनाएका थिए ।
कर्णाली प्रदेशका खेलाडीलाई सस्तैमा समेट्न पुलिसका आरीफ शेखले ४ तथा ललितराजबंशीले ३ विकेट लिए । दिपेन्द्रसिह ऐरी, पवन सराफ र सागर ढकालको नाममा १–१ विकेट रह्यो ।