Trending :
 

आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट

जेठ १२,२०७६

-

जेठ १२,२०७६ काठमाडौं ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११.९३ अंकले घटेर १३०२.६२ बिन्दुमा  झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि २.८२ अंकले घटेको छ । आज बजारमा १ सय ६५ कम्पनीका २० लाख ५४ हजार २ सय ८६ कित्ता सेयर ६२ करोड ६२ लाख १ हजार ६ सय ६६ रुपैयाँमा किनबेच भएको छ । 
 
नेप्से घटेको दिन कारोबारमा आएका ११ वटै समूहगत उपसूचक  ओरालो लागेका छन् । समूहगत उपसूचक ओरालो लागेपछि बजार पूरै राताम्य भएको छ । बजारमा आएका सबै कम्पनीमध्ये नेपाल बैंक लिमिटेडको कारोबार सबैभन्दा धेरै भयो । यस दिन बैंकको सेयर ४ करोड ८५ लाख ६२ हजार ५ सय ६८ रुपैयाँ कायम भएको छ । 
 
आइतबार ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्थानका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यस दिन संस्थाको सेयर ९.९९ प्रतिशत कायम भएको छ भने जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.७५ प्रतिशत गुमाए ।