Trending :
 

रुबिशा र एलिशा ४१ घन्टा ५ मिनेट नृत्य गरेर गिनिज बुकमा रेकर्ड राख्न सफल

जेठ १३,२०७६

-

जेठ १३, २०७६ काठमाडौं ।
चन्द्रागिरी नगरपालिका वडा नं. ६, काठमाडौं निवासी दुई दिदि बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले ४० घन्टा युगल नृत्य प्रस्तुत गर्नुपर्नेमा ४१ घन्टा ५ मिनेट नृत्य गरेर गिनिज बुक अफ वल्ड रेकर्डसका लागी रेकर्ड तोड्न सफल भएका छन् ।
 
दुई दिदि बहिनी रुबिशा र एलिशाले जेठ ११ गते बिहान ९ बजेबाट नृत्य गर्न सुरु गरेका हुन् । दुई दिदि बहिनी रुबिशा र एलिशाले लगातार नृत्य गर्ने क्रममा खुट्टामा घाउ भएर ब्यान्डिज लगाउनुका साथै स्टेजमा बरफहरु छरिएको थियो ।
 
सोमबार बिहान समापन कार्यक्रम पुर्व खेलकुद मन्त्रि राजन कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 
 
गोल्डेन आई डान्स सेन्टरले आयोजना गरेको यस कार्यक्रममा गिनिज बुक अफ वल्ड रेकर्डस ईभेन्ट नेपालले ईभेन्ट म्यानेज गरेको थियो ।
 
कार्यक्रम अवधीभर साथ दिएको भन्दै सम्पुर्ण पत्रकार र दर्शकहरुलाई रुबिशा र एलिशाको बुवा आमा शन्त प्रसाद श्रेष्ठ र दुर्गा श्रेष्ठले आभार प्रकट गरेका छन् ।
 
कार्यक्रममा मिडिया संयोजकको रुपमा प्रकाश बराईली अभिब्यक्ती र मिडिया सपोर्टरको रुपमा बिरेन्द्र ओली रहेका थिए ।