विश्वबाट हराएको कम्युनिष्ट नेपालमा किन उदायो ?

जेठ १५,२०७६




 -विनोद त्रिपाठी - 
नेपालले २०६३-०७६ सालसम्म गणतन्त्रको १३ बर्षे कोर्ष पुरा गरिसकेको छ । यो अबधीमा बिभिन्न रंगहिन राजनीति चक्रब्युह रचिए । यहि भुमरीकै सेरोफेरोमा नेपालले गणतान्त्रिक संबिधान, धर्म निरपेक्षता, संघीय संसद, प्रदेश र बृहत अधिकार सम्पन्न भएका स्थानीय संरचना खडा गरिए । आज हामी यहि राजनीति गोलचक्करको फेरोमा फनफनी घुमिरहेका छौं ।
 
एक दशक (०५२-०६२)को रक्तपातपुर्ण युद्धबाट बिश्राम लिएर गरिएका यी तमाम फेरबदलहरु दलहरुका भारी बिसाउने चौतारी मात्र बने । तर, दलहरुले जनताको भाग्य र भबिस्य माथि झन अर्को महादशा थपिदिएर कहिल्यै निको नहुने क्यान्सर रोग स्थापित गरिदिएका छन् । 
 
 पछिल्लो पटक सत्ता बाहिर रहेको नेपाल कम्युनिष्ट पार्टी (बिप्लव समुह)ले बम पड्काएर आँफु जिउँदो भएको सरकारलाई प्रमाण दिइरहेको छ । बम बिस्फोटबाट अनाहकमा निर्दोष जनता मारिरहेका छन् । कुनै बम आत्मघाती बनेर बिप्लवकै कार्यकर्ताले ज्यान गुमाएका पनि छन् ।
 
चुनाव सकिएपछि नेकपा बिप्लबले देशभरि पटक–पटक बम आतंक फैलाइसकेको छ । यहि आधारमा सरकारले नेकपा बिप्लबलाई प्रतिबन्ध लगाएको छ । यी सबैका बाबजुद नेपालमा बम किन पड्किन्छ र यावत राजनीति कोर्ष पुरा भएपनि अपराधमा किन कमि आउँदैन ? यो बिषय अब हरेक नागरिकले जान्न आबस्यक छ । 
 
 आज बिश्वलाई थाहा छ, नेपालमा कम्युनिष्ट पार्टीको सरकार छ । भलै प्रजातान्त्रिक बिधीबाट किन नहोस नेपालले बलियो कम्युनिष्ट सरकार पाएको छ । सत्ता बाहिर नेपाली कांग्रेस भएपनि सुसुप्त अबस्थामा छ । त्यसैले, कम्युनिष्ट सत्ताको लागि आज कम्युनिष्ट पार्टी नै (नेकपा बिप्लब) बिपक्षी दल बनेर उभिएको छर्लंग छ ।
 
बर्तमान सत्ताका लागि चुनौती कांग्रेस होइन, नेकपा बिप्लब बनेर तेर्सिएको अबस्था छ । कम्युनिष्ट सत्ताका लागि दरो बिपक्षी बनेर कम्युनिष्ट नै उभिएको संभवत यो इतिहासकै पहिलो हो ।
 
 नेपालमा कम्युनिष्टको लामो इतिहास छ । २००६ सालमा औपचारिक पार्टी बनेको कम्युनिष्टले आज ७० बर्षको पौने एक दशक पार गरिसकेको छ । यो अबधीमा दर्जन पटक कम्युनिष्टले सत्ता संचालन गर्यो । 
 
राणा शासन विरोधी आन्दोलनको पूर्वसन्ध्या पारेर २२ अप्रिल, १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको दस्तावेजमा उल्लेख छ । त्यतिबेला नेकपा पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र अन्य सदस्य नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतिदेवी श्रेष्ठले कम्युनिष्ट स्थापना गरेका थिए ।
 
कम्युनिष्टले स्थापनाकालदेखि बम पड्काउने अभ्यास शुरु गरेको थियो । राणाशाही बिरुद्ध कांग्रेसको नेतृत्वमा शशस्त्र आन्दोलन गरियो । कांग्रेसले त्यसपछि कहिल्यै हतियार उठाएन । तर, कम्युनिष्टले आजका मितिसम्म उहि बम, गोली, बारुद,बन्दुक, मुठ्की, पाखुरा, गुण्डागर्दी, आतंक, अपराधकै भरमा राजनीति गरिरहेको प्रष्ट छ ।
 
०१५ सालमै ४ सिट ल्याएको कम्युनिष्ट पार्टी त्यसपछि लगातार मुलधारको राजनीतिमा बसेर कुनै न कुनै रुपले आतक फैलाउँदै गयो । सत्ता बसेर होस वा सत्ता बाहिर । नेपालको कम्युनिष्टले मान्छे मार्न कहिल्यै छोडेन । 
 
विश्वव्यापी रूपमै कम्युनिष्ट तहसनहस भएको बेला २०४८ सालमा तत्कालिन नेकपा मालेले प्रतिनिधिसभाका एक तिहाइ सिटमा विजय हासिल गरेर नेपालको संसदमा कम्युनिजम कब्जा जमाउन सफल भएको थियो । अर्कोतिर, यहिबेला सत्ता बाहिर मोहनबिक्रम सिंहको मसाल लगायत साना कम्युनिष्टहरुले आफ्ना जरा गाडिसकेका थिए । कम्युनिष्टकै नाममा यहिबेला बिद्रोही माओबादी जन्मेर भित्रभित्रै युद्धको तयारी गरिरहेको थियो ।
 
त्यो बेला कांग्रेसबाट प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका तत्कालिन माले महासचिब मदन भण्डारीले राजधानी काठमाडौंमै दुई स्थानमा चुनाव जितेका थिए । चुनाव लगत्तै अमेरिकी न्युज एजेन्सीले मदन भण्डारीका बारेमा भनेको थियो,‘नेपाल, जहाँ कार्ल माक्र्स जीवित छन् ।’ २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा मालेले धेरै सिट ल्याएर पहिलो पार्टी बनेर कम्युनिष्टले सरकार चलायो ।
 
यहि बर्ष अर्को कम्युनिष्ट पार्टी (माओबादी) ले हतियार उठाएर युद्ध शुरु गर्यो । त्यसबाहेक ०६३ सालसम्म बिभिन्न संयुक्त सरकारमा सहभागी, ०६४ सालमा बहुमतको सरकार त्यसपछि लगातार २०६६, २०६७, २०६८ देखि हाल २०७६ सालसम्म आइपुग्दा बलियो बहुमतको सरकार कम्युनिष्ट पार्टीले चलाईरहेको छ । यो बिचमा चुनाव गराउन ०६३ सालमा गिरिजाप्रसाद कोइराला, संबिधान बनाउन ०७२ मा शुशिल कोइराला र  ०७४ मा चुनाव गर्नकै लागि शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट सरकार चलाएका थिए । यसको मतलब ७० बर्षको अबधीमा कांग्रेसले भन्दा कम्युनिष्टले सरकार चलाउन कम अबसर पाएको थिएन ।
 
धेरै पटक कम्युनिष्टले सरकार चलाउने अबसर पायो वा सत्ता वरिपरी शक्तिवान पार्टी बनेर उभियो । तर, पनि कम्युनिष्टले जनता मार्न र मर्न लगाउन छोडेन । जति कम्युनिष्टले मान्छे मार्छन्,उति कम्युनिष्टहरु ज्यादती र अपराध गर्न हौसिंदै गएका छन् । आजको यो घडीसम्म देशका बिभिन्न भागमा कम्युनिष्टले जनता मारिरहेका घटना देखिरहेका छौं ।
 
 
 यहाँ दोष कस्को ? अब गंभिर भएर नसोच्ने ? जब हामीले मान्छे मार्ने लाइसेन्स नेपालका कम्युनिष्ट पार्टीलाई दिएका छौं भने यो दोषको भागिदार हामी हुने कि नहुने ? हाम्रा प्रत्येक भोट र साथहरु कम्युनिष्ट पार्टीका लागि जनताबाट पाएका मान्छे मार्ने लाइसेन्स भएका छन् । उनिहरु जुनसुकै बेला मान्छे मार्छन् । जनतालाई रुवाउँछन् । सताउँछन् । अनि भन्छन्, ‘हामीलाई जनताको साथ छ ।’ यसमा दोष कम्युनिष्टको कि हामी जनताको ? उनिहरु मान्छे मार्छन्, हामी खुरुखुरु भोट दिन्छौं । नेता बनाइदिन्छौं । उनिहरु भोट दिनेलाई नै मारिदिन्छन् । यो अपराधको दोषी जनता हुने कि नहुने ?
 
 कम्युनिष्टले आज मात्र होइन, ०१९ सालमा, ०२३ सालमा, ०२८ सालमा, ०३५ सालमा, ०४२ साल लगायत त्यसपछि लगातार हरेक बर्ष वम पड्काउँदै आएका छन् । झापा बिद्रोहदेखि ०२९ साल वरपर पुर्बी नेपालमा कम्युनिष्टले आतंक नै मच्चाएको उनिहरुकै दस्ताबेजमा उल्लेख छ । त्यसबेलादेखि कम्युनिष्ट पार्टीले बिकास निर्माण भत्काएर वम बनाउन सिकेका थिए ।
 
०४२ सालमा बम पड्काउने रामराजा प्रसाद सिंहलाई तत्कालिन माओबादीले ०६४ सालमा राष्ट्रपतिको उम्मेदवार बनाएको देखेकै हौं ।  १७ हजार जनता मार्न र मर्न लगाउने माओबादी कमाण्डर पुष्पकमल दाहाललाई हामीले पटक पटक प्रधानमन्त्री बनायौं । के हामीले निरअपराधी नेतालाई अहिलेसम्म सत्ता सुम्यियौं ? जब अपराधको जगमा टेकेर अपराधीले सरकार चलाउन अबसर हामीले दिन्छौं, अनि शान्त र सुन्दर देश कहाँबाट पाउँछौं । भनिन्छ, अपराध गर्ने भन्दा अपराध सहने ठुलो अपराधी हो । दुखका साथ भन्नुपर्छ, आज हामी एक÷एक अपराधी जन्माउने कारखाना बनिरहेका छौं । 
 
 
०४८ सालमै कम्युनिष्टले राजधानी काठमाडौमा चुनाव जितेर कब्जा जमाएको थियो । आज देख्नुभएकै छ, काठमाडौंको गति । त्यसपछि पनि लगातार काठमाडौंमा कम्युनिष्टकै बर्चस्व रहंदै आएको छ । के आज यो राजधानी मान्छे बस्न लायक शहर छ ? खैर, बिकास र निर्माणको आस त कम्युनिष्टबाट गर्दे नगरौं । उनिहरुले आजसम्म के कसरी अपराधको शिलशिला चलाए अझै त्यतातिर ध्यानदृष्टिले हेरौं । 
 
 नेपालमा जति जति कम्युनिष्ट बढ्दै गयो, उति उति नेपाल अधोगतितिर ओरालो लाग्यो । बिकास, शिक्षा, स्वास्थ्य, आम्दानी, मानव बिकासक्रम आदि बिषयमा राणाकालसम्म उच्च बिन्दुमा, पञ्चायतकालसम्म मध्य बिन्दुमा र कम्युनिष्ट पालासम्म अन्तिम बिन्दुमा आएर नेपाल कंगाल दरिद्र मुलुकमा स्थापित बन्न पुगेको बिभिन्न तथ्यांकमा उल्लेख छ । फेरि पनि गंभिर बनौं, नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० बर्ष पुगिसकेको छ । 
 
 आजभन्दा ३० बर्ष अघि तत्कालिन सोभियत संघ बिघटन मात्र भएन, ७० बर्षको सर्बहारा कम्युनिष्ट इतिहासको एकैचोटी अन्त्य भयो । यहिबेला बिश्वका करिब ४२ वटा मुलुकमा कम्युनिष्टहरुको हार भइसकेको थियो । त्यसपछि लगातार बिश्वभरबाट कम्युनिष्ट बढारिन थाल्यो । यो क्रम यति छिटो भयोकि अहिलेसम्म ४ देशमा मात्र कम्युनिष्ट शासन छ । उत्तर कोरिया, क्युवा, भियतनाम र चीन । चीनमा कम्युनिष्ट शासन सफल हुनुको अर्के ऐतिहासिक कथा छ ।
 
आज पनि चीनले सामान मात्र फैलाउँछ, सिद्धान्त सप्लाइ गर्देन । स्मरण गरौं, नेपालमा तत्कालिन माओबादीले युद्ध शुरु गर्दा चीनले कुनै आश्रय नदिएपछि पुष्पकमल दाहालहरु भारतको आडमा नेपालमा आतंक फैलाएका थिए । त्यसैले, चीन फरक प्रकृतिबाट कम्युनिष्ट शासन चलाउन सफल एक अपबादको देश हो । चीनले कसरी सफलता हासिल गर्यो यसको चर्चा अरु लेखमा गरौंला । तर, आज जे जति कम्युनिष्ट शासन भएका मुुलुक छन्, त्यहाँ दरिद्र मात्र होइन, अपराधकै खानी भएर जनताले नारकीय जिवन बिताइरहेका छन् । 
 
 त्यसैले, बिश्व शान्तिमञ्चबाट खरानी भइसकेको ब्यबस्थालाई मलजल गरेर हामीले हुर्काउंदा यसको प्रतिफल अन्य मुलुकले भोग्ने हो र ? यो हामीले नै भोग्नुपर्देन र ? आज, जातजाति बिच भेदभावको वीउ कस्ले रोप्यो ? नेपालका कम्युनिष्टले होइन ? आज धनी र गरिब बिचको खाडल झन-झन कस्ले फराकिलो बनायो ? यिनै कम्युनिष्टले होइन ? रिस उठ्यो कि मान्छे मारिहाल्ने, यो कस्ले गरिरह्यो ? हामीले भोट, नोट र साथ दिएका कम्युनिष्टले होइन ? अब पुनः सोचौं, हाम्रो दोष कति रहेछ ? 
 
 आज सबैले देख्नुभएकै छ । नेपालका कम्युनिष्ट राष्ट्रपतिको स्वभाव । कम्युनिष्ट सरकारको काम । कम्युनिष्ट संचारकर्मीदेखि बिभिन्न कम्युनिष्ट पेशाका मानिसहरुको स्वभाव । जब निर्मला पन्तहरु यहाँ मारिन्छन् । आवाज उठाएको देख्नुभो ? जब भ्रष्टाचार र दिनका दिन अपराध बढेको छ, कुनै कम्युनिष्ट समर्थकले बिरोध गरेको देख्नुभो ? कस्तो हुनेरहेछ कम्युनिष्ट ब्यबस्था ? यिनी निकटका लेखक र बुद्धिजिवी भन्नेहरुले कसरी अपराध छोपिरहेछन् ? देख्नुभो नि । हो, यहि प्रतिफललाई ध्यानमा राखेर बिश्वका अधिकांश मुलुकबाट कम्युनिष्ट अन्त्य गरिएको थियो । त्यो पनि आजभन्दा करिब ३०÷४० बर्ष अघि नै ।
 
बिश्वबाट ३ दशक पहिले नै अपराध अन्त्या हुँदै गर्दा आज हामी त्यहि अपराधको सिद्धान्त बोकेका कम्युनिष्टलाई साथ दिन्छौं भने के यहाँ फुल बर्सिन्छ त ? बर्सिने त वम र गोली नै होनी । किनकी बारीमा सिमी रोपेर करेला कहिल्यै फल्दैन । आज हामीले हाम्रा बारी र कान्लाहरुमा अपराधी वीउ रोप्यौं, अनि फलहरु मृत्युहरु बनेर भकारीमा भित्रिए । 
 
 एक पटक सोच्नुस त । कुनैबेला यी सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा थिए । पुष्पकमल दाहालसंगै नेत्रबिक्रम चन्द (बिप्लब)ले राजनीति गरेका थिए । तिनै पुष्पकमलले बिप्लबलाई मान्छे मार्न सिकाए । आज पुष्पकमलहरु सत्तामा छन् । बिप्लबहरु जंगलमै पुग्न थालिसके । यी दुवै कम्युनिष्ट नाम गरेका होइनन् ? यी दुबैलाई तपाईं, हामी र मैले साथ दिएको होइन ? तपाई र मेरा साथहरुबाट जन्मिएका कम्युनिष्ट नेताहरुले यो गति बनाउँदा तपाई र म पनि अपराधी बन्ने किन नबन्ने ? आज एउटाले जनता मार्छ, अर्कोले शोक बिज्ञप्ति निकाल्छ । तपाई हाम्रा भोटहरु आज जनता मार्ने लाइसेन्स भएका छन् ।
 
के अझै हामी धेरै लाइसेन्स बोक्ने धेरै नेता जन्माउन चाहन्छौं ? हाम्रा भोट र साथहरु नेताहरुले जनता मार्ने लाइसेन्स बनाएर गोजीमा लिएर हिंड्दा अब पनि हामीले पश्चाताप नगर्ने ? किनकी प्रत्येक बमका छर्राहरुमा तपाई हाम्रा अपराधका लाइसेन्स मिसिएका छन् ।
 
फेरि सोचौं, आज वम पड्काउने पनि कम्युनिष्ट, वम खोज्ने पनि कम्युनिष्ट । सरकारी वम चलाउने पनि कम्युनिष्ट, सरकार बाहिर वम पड्काउने पनि कम्युनिष्ट । किनकी बिश्वका कम्युनिष्टहरु अपराधको जगमा उभिएर अपराधकै धुरीबाट खसेर सकिएका उदाहरणहरु छन् ।