Trending :
 

बजेट भाषण:

चालु आवमा आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने !

जेठ १५,२०७६

-

जेठ १५,२०७६ काठमाडौं ।
अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने बताएका छन्।
 
आगामी आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्ने क्रममा चालु आवको कार्यप्रगतिबारे जानकारी गराउँदै चालु आवमा आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने बताए। 
 
उनले प्रदेशहरुको वृद्धिदर ६ प्रतिशत पुगेकाले राष्ट्रिय वृद्धिदर ७ प्रतिशत पुग्ने विश्वास दिलाए।  कृषिमा ५ प्रतिशत वृद्धिदर हुने उनको भनाई छ।  
 
आयातको वृद्धिदर गत वर्षकै हाराहारीमा रहेको जानकारी गराउँदै उनले वैदेशिक रोजगारीमा जाने संख्या ३९ प्रतिशतले घटेको तथ्यांक प्रस्तुत गरे। रेमिट्यान्सको आयात २९ प्रतिशतले बढेको अर्थमन्त्री खतिवडाले बताए।