Trending :
 

बजेट भाषण :

शिक्षा क्षेत्रमा १ अर्ब ५ करोड बजेट

एक विद्यालयमा एक स्वयमसेवक एक खेलकुद शिक्षकको व्यवस्था

जेठ १५,२०७६

-

जेठ १५,२०७६ काठमाडौं ।
सामुदायिक विद्यालयहरुमा स्वयमसेवक शिक्षक राखिने भएको छ । शिक्षक दरबन्दी अभाव भएका सामुदायिक विद्यालयहरुमा स्वयमसेवक शिक्षक राख्न १ अर्ब ५ करोड बजेट छुट्टाइएको छ । सामुदायिक विद्यालयहरुमा विज्ञान, गणित र अंग्रेजी शिक्षकको अभाव छ । उक्त बजेटबाट ती विषयमा स्वयसेवक शिक्षक खटाउने सरकारको लक्ष्य छ ।
 
त्यस्तै सरकारले मुलुकभरका सार्वजनिक विद्यालयमा खेलकुद शिक्षाको व्यवस्था गर्ने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६-०७७ को बजेट प्रस्तुत गर्दै एक विद्यालय एक खेलकुद शिक्षक राख्न ५ अर्ब बजेट विनियोजन गरिएको जनाए। सरकारले आगामि आर्थिकवर्ष भित्र ७० जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने भएको छ। सार्वजनिक विद्यालयहरुको सुधारका लागि राष्ट्रपति शैक्षिक विकास कोषको स्थापना गरिनेछ। सामुदायिक विद्यालय सुधार दशक मनाउने अर्थमन्त्री खतिवडाले जनाए।
 
आगामी आवमा ३ सय विद्यालयमा सुविधा सम्पन्न भवन निर्माण सरकारले बजेट विनियोजन गरेको हो। दुर्गम क्षेत्रमा आवासिय विद्यालय संचालन गर्ने सरकारको योजना छ। एकीकृत प्रणालीबाट विद्यालय देखि उच्चशिक्षसम्म छात्रवृत्ति वितरण गर्ने व्यवस्था मिलाएको उनले जनाए। आर्थिक रुपमा विपन्न र अपाङ्गता भएका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति वितरण गर्न ३ अर्ब बजेट विनियोजन गरिएको छ। विद्यार्थी न्युन रहेका विद्यालय विद्यालयको समायोजन र एकीकरण गर्न ४७ करोड बजेट छुट्याइएको छ।