Trending :
 

बजेट भाषण :

अब वृद्धवृद्धाले मासिक ३ हजार भत्ता पाउने

जेठ १५,२०७६

-

जेठ १५,२०७६ काठमाडौं ।
सरकारले वृद्धभत्ता बढाएको छ ।
 
आउँदो वर्षको बजेटमा सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक भत्ता बढाएर ३ हजार पुर्‍याएको छ । यसअघि वृद्धभत्ता मासिक २ हजार रुपैयाँ थियो । १३ लाख १० हजार वृद्धहरुका लागि यस वर्ष सरकारले ३ अर्ब ९३ करोड रुपैयाँ  सामाजिक सुरक्षाभत्ता विनियोजन गरेको छ । 
 
साथै सरकारले वृद्धवृद्धाहरुका लागि एक लाखबराबरको स्वास्थ्य बीमा निःशुल्क उपलब्ध गराउने भएको छ ।