Trending :
 

प्रत्येक सांसदको भागमा ६ करोड, बजेट भाषणमा सा‌ंसदको ताली !

जेठ १५,२०७६

-

जेठ १५,२०७६ काठमाडौं ।
सरकारले सांसदहरुलाई ६ करोड रुपैयाँका दरले बजेट दिएको छ ।
 
अहिले ४ करोड रुपैयाँ पाएका सांसदले १० करोड रुपैयाँ सम्म माग गरेका थिए । तर अर्थमन्त्री  डाक्टर युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ६ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ । 
 
यो रकम कार्यविधि बनाएर खर्च गर्न पाउने बजेटमा उल्लेख छ । अर्थमन्त्रीको यो घोषणापछि सांसदहरुले गडगडाहट तालीले स्वागत गरेका छन् । हरेक सांसदलाई ६ करोडका दरले आउँदो वर्ष  ९ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।