Trending :
 

आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख !

जेठ १५,२०७६

-

जेठ १५,२०७६ काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०७६-०७७ का लागि आय–व्ययको विवरण आज सार्वजनिक गरेको छ । सरकारले संघीय संसदमा आगामी  आर्थिक वर्षका लागि १५ खर्ब  ३२ अर्ब, ९६ करोड, ७१ लाखको बजेट सार्वजनिक गरेको हो ।  नागरिकको मौलिक हक र आवश्यक्तालाई पुर्ति गर्दै जीवन स्तरमा सुधार तथा आर्थिक सामाजिक न्याय सहितको दु्रत आर्थिक विकास सरकारको प्रमुख लक्ष्य रहेको अर्थमन्त्री खतिवडाले बताउनुभयो । यस्तै भौतिक पूर्वाधार विकास माफर्त २०३० सम्म मध्यम आय भएको मुलुक बनाउने लक्ष्य पनि बजेटले समावेश गरेको छ । आगामी आर्थिक वर्षमा ९ खर्ब हाराहारीमा राजश्व संकलनको लक्ष्य राखिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । बजेट कार्यन्वयनका लागि अपुग रकम बैदेशिक सहायता र ऋणबाट पूर्ति गरिने मन्त्री खतिवडाको भनाई छ ।