Trending :
 

सांसदको बजेटः दुरुपयोग होला कि भन्नेमा सचेत रहन आग्रह

जनप्रतिनिधिको सहभागिताबिना विकास असम्भव: अर्थमन्त्री

जेठ १६,२०७६

-

जेठ १६,२०७६ काठमाडौं ।
अर्थमन्त्री युवराज खतिवडाले सांसदहरुलाई छुट्ट्याइएको बजेटको विरोधभन्दा त्यसको दुरुपयोग होला कि भन्नेमा सचेत रहन सरोकारावाला सबैलाई आग्रह गरेका छन् । 
 
नयाँ आर्थिक वर्ष २०७६र०७७ को बजेट प्रस्तुत गरेको भोलिपल्ट बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बजेटको ब्रिफिङ गर्दै अर्थमन्त्री खतिवडाले जनप्रतिनिधिलाई विकासबाट विमुख गर्नु लोकतन्त्रमा राम्रो संकेत नजाने भन्दै सरकारको बचाउ गरे ।
 
स्थानीय तह, प्रदेश सरकार बनिसकेको अवस्थामा सांसदलाई वर्षेनी बजेट बढाएको भन्दै चौतर्फी विरोध भइरहेको छ।
 
बुधबार संसद्‌मा प्रस्तुत बजेटमा सांसदहरुका लागि ६ करोड दिने व्यवस्था गरिएको छ। यो सुविधा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुले उपभोग गर्न पाउनेछन्।
 
यो विकास गर्छौं, त्यो विकास गर्छौ उहाँहरुले निर्वाचन लड्नु भयो। जनमतलाई प्रतिबिम्वित र प्रकट गर्ने जनप्रतिनिधि नै हो। जनप्रतिनिधिका धेरै जायज कुरा नसुनेर जाने विधि प्रजातान्त्रिक विधि होइन, अर्थमन्त्री खतिवडाले भने, रुपयोग हुन दिनु हुँदैन तर जनप्रतिनिधिलाई विकासबाट विमुख गराउनु लोकतन्त्रमा त्यति राम्रो संकेत जाँदैन।
 
सरकारले अबको एउटै एजेन्डा विकास भनेको, राजनीतिक मुद्दा समाप्त गरेको भनिरहेको बेला विकासको मुद्दामा विकासमा जान्छु भन्ने जनप्रतिनिधिलाई राक्न नमिल्ने अर्थमन्त्री खतिवडाको तर्क थियो। उनले जनप्रतिनिधिको सहभागिताबिना विकास असम्भव हुने समेत दाबी गरे।