Trending :
 

प्रदेश १ सरकारकोे नीति तथा कार्यक्रम आगामी बुधबार सार्वजनिक गर्ने

जेठ १७,२०७६

-

जेठ १७,२०७६ काठमाडौं ।
प्रदेश १ सरकारले आगामी बुधबार आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । 
 
प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा बस्ने प्रदेश सभा बैठकमा सरकारका तर्फबाट नीति कार्यक्रम पेश गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले बताउनुभयो । 
 
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशको प्रथम आवधिक योजना २०७६ र २०८१ को अवधारणा पत्रका आधारमा तयार पारिएको उहाँले जानकारी दिनुभयो ।
 
नीति तथा कार्यक्रमअघि प्रदेश सरकारले प्रथम आवधिक योजनाको आधारपत्रलाई स्वीकृत गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिने तयारी प्रदेश सरकारको छ ।