जेठ १६,२०७४
-
बार्सिलोना, जेठ १६ –
स्पेनिस क्लब बार्सिलोनाको प्रशिक्षकमा एर्नेस्टो भलभर्ड नियुक्त भएका छन् ।
अर्को स्पानिस क्लब एथ्लेटिक विल्वाओको प्रशिक्षक पनि रहेका एर्नेस्टो भलभर्डले स्पेनकै स्पानयोल, भियारियल रभ्यालेन्सियाकव प्रशिक्षण पनि सम्हालेका थिए ।
बार्सिलोनाका अध्यक्ष जोसेफ मारिअ बार्टोमेउले सोमबार एर्नेस्टो भलभर्डलाई एक वर्ष सम्झौता थप गर्ने 'अप्सन' सहित दुई वर्षको लागि क्लबको प्रशिक्षक नियुक्त गरेका छन् । उनलाई लुइस एनरिकेको स्थानमा नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरिएको हो ।
आफ्नो पहिलो सिजनमा नै एनरिकेले बार्सिलोनालाई तीन वटा उपाधि र सन् २०१६ मा लिग र कप उपाधि तथा अन्तिम सिजनमा कोपा डेल रेको उपाधि दिलाएका थिए ।
बार्सिलोनाका अध्यक्ष जोसेफ मारिअ बार्टोमेउले ५३ वर्षीय भलभर्डको प्रशंसा गर्दै उनी दक्ष, सिपयुक्त, अनुभवी र निर्णय गर्न सक्ने तथा युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने र बार्सिलोनाको तरिकाले खेल्ने बताउँदै उनलाई नियुक्त गर्नको कारण खुलाए ।
भलभर्डले सन् १९८८ मा २४ वर्षको उमेरमा खेलाडीको रुपमा बार्सिलोनाका लागि खेलेका थिए ।
सन् १९९७ मा खेल जीवनबाट सन्यास लिए पछि उनले एथ्लेटिकको युवा टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाले । सन् २००३–०४ सिजनमा उनले सिनियर टोलीको पनि नेतृत्व सम्हाले । दुई वर्षमा उनले एथ्लेटिकलाई पाँचौ र नवौँ स्थानमा सिमित राखेपछि उनले क्लबको नेतृत्व छाडे ।
त्यसपछि एस्पानियोलमा दुई वर्ष रहँदा उनले क्लबलाई युइएफए कपको फाइनलसम्म पुर्याए र उनी आलम्पियाकोस पुगेर टोलीलाई ग्रिक लिग र कप दिलाए । त्यहाँबाट उनले भ्यालेन्सियाको नेतृत्व सम्हाल्दै सन् २०१३ मा पुनः एथ्लेटिक फर्किएका थिए ।
प्रमुख समाचार
सम्वन्धित समाचार