Trending :
 

आजदेखी संसदमा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु

जेठ १९,२०७६

-

  जेठ १९,२०७६ काठमाडौं ।

आर्थिक वर्ष २०७६-०७७ को बजेटमाथि आइतबारदेखि संसदमा छलफल सुरु भएको छ।  

 
यहि जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६-०७७ को बजेट संघीय संसदमा पेश गरेका थिए।
 
अर्थमन्त्री युवराज खतिवडाले आइतबार आर्थिक वर्ष २०७६-०७७ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव संसदमा पेश भएको छ । छलफल तीन दिनसम्म चल्नेछ।
 
सांसदले बजेटमाथि उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिनेछन्।आजको संसदीय बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । छलफलमा सत्ता पक्ष र प्रतिपक्षका सांसद सहभागी छन।
 
छलफलमा सांसदहरुले बजेटमाथी टिप्पणी गरिरहेका छन ।
 
बजेटको आकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको छ।