प्रधानमन्त्री कपको सेमिफाइनलमा पुलिस
-
जेठ १९,२०७६ काठमाडौं ।
काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान बनाएको छ ।
आइतबार भएको खेलमा प्रदेश २ लाई १ सय ५६ रनले पराजित गर्दै पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
पुलिसले दिएको २ सय ५४ रनको लक्ष्य पछउने क्रममा प्रदेश २ ले २९ ओभरमा पूरै विकेट गुमाउँदै मात्र ९७ रन बनाउन सक्यो । प्रदेश २ का लागि हरिशंकर शाहले सर्वाधिक २९ रनको योगदान गरे ।
त्यस्तै कप्तान मेहबुब आलमले २१ रन जोड्दा रवि शाह १५ र सुरज शाहले १२ रन जोडे । बलिङतर्फ पुलिसका दिपेन्द्र ऐरीले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै ललितनारायण राजवंशीले तीन तथा कुशल भुर्तेल र सागर ढकालले समान एक-एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर २५३ रन बनाएको थियो । पुलिसका लागि अमित श्रेष्ठले अर्धशतकीय पारी खेले ।
४२ बल खेलका उनले ५ चौका र १ छक्काको सहयोगमा ५० रन पूरा गरे । यसै सुनिल धमलाले ४३, अनिल कुमार साहले ३७, कुशल भुर्तेलले ३५ तथा आरिफ शेखले ३२ रन जोडे ।
प्रदेश २ का लागि सहमेद शेखले सर्वाधिक चार विकेट लिए । त्यस्तै रशिद खानले दुई तथा दिभ्यान्सु मल्लीक, मेहेबुव आलम र कुमार थापाले समान एक एक विकेट लिए ।