Trending :
 

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखी बेलायत भ्रमणमा

जेठ २०,२०७६

-

 जेठ २०,२०७६ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि बेलायत भ्रमणमा निस्कीएका छन् । तीनदिने राजकीय भ्रमणका लागि पत्नी मिलानियासँगै उनी बेलायत लागेका हुन् । 
 
ट्रम्प र फर्स्ट लेडी मिलानियालाई बेलायतकी रानीलगायत सरकारी अधिकारीहरुले भव्य स्वागतको तयारी छ। रानी एलिजावेथले ट्रम्पको सम्मानमा सोमबार बुकिङ्घम प्यालेसमा रात्रिभोजको आयोजना गरेकी छन् ।
 
ट्रम्प सोमबार नै वेस्टमिनिस्टर ऐवीमा पनि जानेछन् । राजकुमार चार्ल्सलाई पनि उनले भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
 
ट्रम्प र रानीले बेलायतमा स्थायी बसोबास गर्दै आएकाहरु सहभागी हुने कार्यक्रममा सम्बोधन गर्ने बीबीसीले जनाएको छ ।