‘हरित रोजगार कार्यक्रम’ लागु हुने

जेठ २०,२०७६

-

जेठ २०,२०७६ काठमाडौं ।
 
युवाहरुलाई बिदेश पलायनबाट रोकी नेपालमै केही गरौं भन्ने भावनाको चेतना फैलाउने उदेश्यले हरित रोजगार कार्यक्रम लागु हुने भएको छ । 
 
दलित उपभोक्ता समूह, प्राकृतिक स्रोतका लागि दलित अधिकार मञ्च (डानार) र सहयात्रा फाउण्डेशन नेपाललगायतका बिभिन्न ७  संस्थाको सहकार्यमा उक्त हरित कार्यक्रम लागु हुन लागेको आयोजक संस्थाले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । 
 
आयोजक संस्थाहरुका अनुसार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ बाट सुरु हुनेगरि नेपालको ७ वटै प्रदेशका सामुदायिक वनहरुमा यो कार्यक्रम लागु हुने भएको हो । 
 
योजनाको सुरुवाती चरणमा अछाम, कालिकोट, नवलपरासी, तनहँु र काठमाडौँको बुढानिकण्ठमा लागु हुने र बिस्तारै सवै जिल्लाका खाली सामुदायिक वन क्षेत्रमा विस्तार गर्दै जाने जानकारी गराइएको छ ।
 
कार्यक्रममा बोल्दै डानारका संस्थापक अध्यक्ष तथा त्रिविमा अध्यययरत पि.एचडी.का बिद्यार्थी सुनिलकुमार परियारले योजनाबाट एक ब्यक्तिले प्रति महिना कम्तिमा पाँच हजार रुपैयाँ कमाउन सक्ने गरि कार्यक्रमको अवधारणा लागु हुने जानकारी गराए ।
 
वेरोजगारी देशका प्रमुख समस्या रहेको बताउदै सामुदायिक वनको खाली जग्गालाई सदूपयोग गरि रोजगार बनाउने आफ्ना संगठनको पहल रहेको उनको भनाई छ । 
 
काठमाडौँको बुढानिलकण्ठ क्षेत्रपनि यो समस्याबाट टाढा नरहेकोे बताउँदै उनले प्राकृतिक स्रोतका लागि दलित अधिकार मञ्च नामक संस्थाले यस क्षेत्रमा प्राकृतिक श्रोत, पानी, वन आदिलाई उपयोग गर्दै ५ हजार जनालाई रोजगारी दिनका लागि काम गर्ने निर्णय गरेको जानकारी गराए ।
 
बुढानिलकण्ठ क्षेत्रमा भएका क्लब, बैंकिङ्ग क्षेत्र, फाईनान्स, धनाढ्य ब्यापारी, उपभोक्ता समूह, महिला समूह आदीलाई परिचालन गर्दै  एक घरको कम्तिमा दुई जनालाई रोजगारी उपलब्ध गराउने आफुहरुकोे लक्ष्य रहेको उनको भनाई छ । जसमा एक महिला र एक पुरुष रहनेपनि उनले खुलाए ।