Trending :
 

'एभरेष्ट म्याराथन'को उपाधि सुमन र निरकलालाई

जेठ १६,२०७४

-

जेठ १६ -

विश्वकै सबैभन्दा उचाईमा हुने ‘तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन २०१७’ को उपाधि सुमन कुलुङ र निरकला राईले जितेका छिन् ।

सोमबार सगरमाथा आधारशिविरदेखि नाम्चेसम्मको ४२ किलोमिटर दूरी ३ घण्टा ४३ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै सुमनले उपाधि जितेका हुन् । यस्तै महिलातर्फको उपाधि जित्ने क्रममा सोलुखुम्बुकी निरकला राईले ४ घण्टा ५१ मिनेट ३३ सेकेन्डमा पूरा गरिन् । विदेशीतर्फको म्याराथन पोल्यान्डका पिटर हेर्कगले जिते । उनले ४ घण्टा ३८ मिनेट २२ सेकेन्डमा ४२ किलोमिटर दूरी पार गर्दै उपाधि जितेका हुन् ।

६४ औं सगरमाथा दिवसका अवसरमा आयोजित एभरेस्ट म्याराथनको १५ औं संस्करण विजेता सुमन गत वर्ष तेस्रो भएका थिए ।

सबै विधामा प्रथम, दोस्रो, तेस्रो हुने खेलाडीले क्रमश: १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।