Trending :
 

सुडानमा सैन्य दमनः विपक्षीद्वारा वार्ता अस्वीकार

जेठ २३,२०७६

-

जेठ २३,२०७६ काठमाडौं ।
सुडानमा विपक्षी कार्यकर्ताहरूले देशको सैन्य परिषद्ले गरेको वार्ताको प्रस्ताव अस्वीकार गरेका छन्।
 
प्रदर्शनकारीहरूमाथि सैन्य परिषद्ले गरेको हिंसात्मक दमनपछि उनीहरूमाथि विश्वास गर्न नसकिने विपक्षीले बताएका हुन्।
 
अर्धसैनिक बलले लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि हिंसात्मक आक्रमण गर्दा कम्तीमा एक सय जनाको मृत्यु भएको र राजधानी खार्तुममा नाइल नदीबाट ४० वटा शव निकालिएको दाबी विपक्षी कार्यकर्ताहरूले गरेका छन्।
 
तर सुडानको स्वास्थ्य मन्त्रालयले सय जनाको मृत्यु भएको भन्ने विवरणको खण्डन गर्दै अहिलेसम्म हताहत हुनेको सङ्ख्या ४६ मात्र भएको दाबी गरेको बिबिसीले जनाएको छ।