Trending :
 

तिन दिने तेस्रो नेपाल आदीबासी जनजाति चलचित्र महोत्सव सुरु

कला संस्कृतीको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा उपराष्ट्रपति पुनको जोड

जेठ २४,२०७६

-

जेठ २४, २०७६ काठमाडौं । 
राजधानीमा तेस्रो नेपाल आदीबासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ ।
 
तीन दिने महोत्सवको शुक्रबार उपराष्ट्रपति नन्द किशोर पुनले उद्घाटन गरेका हुन । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले विविधतायुक्त कला संस्कृतीको व्यापक प्रचारप्रसार गरि संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
 
उनले नेपाल प्रकृति र संस्कृतिमा धनि रहेको प्रसंग उल्लेख गर्दै यसलाई भाषा तथा सस्कार संस्कृतिमा जोडेर समृद्धिमा जानुपर्ने बताए ।
 
नेपालमा एक सय २३ भाषाभाषीहरु रहेपनि हाल २० ओटा मात्रै भाषा प्रयोगमा रहेकोले आ आफ्नो भाषा संस्कृति जोगाईराख्नका लागि पनि यस्ता महोत्सवले सहयोग पुर्याउने उनले बताए ।
 
पुराना चलनचल्तीका भाषा संस्कृतिप्रति नयाँ पुस्तालाई सिकाउदै जानुपर्नेमा जोड दिदै आ-आफ्नो मौलिकतालाई संरक्षण गर्न सबैले पहल गर्नुपर्ने बताए ।
 
आदिबासी जनजाती चलचित्रको प्रवद्र्धन, मौलिक भाषा सस्कृतिको संरक्षण भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन समारोहमा विभिन्न जनजातिसँग सम्बन्धीत नाच प्रस्तुत गरिएको थियो । 
 
आइतबारसम्म चल्ने महोत्सवभर विभिन्न आदिवासी जनजातीसम्बन्धी चलचित्रहरु देखाईने आयोजक आदीबासी जनजाती चलचित्र महासंघले जनाएको छ ।