Trending :
 

गोरखा र नुवाकोटमा भूकम्पपछिको निजी आवास पुनर्निर्माणका लागि भारतको सहयोग

जेठ २७,२०७६

-

जेठ २७,२०७६ काठमाडौं ।
भारत सरकारले गोरखा र नुवाकोटमा भूकम्पपश्चात्को निजी आवास पुनर्निर्माणका लागि सहयोग गरेको छ । भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई १ अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
 
सहयोग रकम भूकम्पपछि भारतले घोषणा गरेको सहयोगको एक हिस्सा हो । भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य भौतिक संरचनाको पुनर्निर्माण गर्न १ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो ।
 
यसअघि सन् २०१८ मा भारतले पुनर्निर्माणको लागि २ अर्बभन्दा बढी आर्थिक सहयोग गरिसकेको छ ।