Trending :
 

वर्षा वाधक भए पश्चात मध्यमाञ्चल र मध्यपश्चिमले बाँडे अंक

जेठ १७,२०७४

-

जेठ १७ -

प्रधानमन्त्री कप क्रिकेटमा वर्षा वाधक भए पश्चात हिजो मध्यमाञ्चल र मध्यपश्चिमले १-१ अंक बाँडेका छन् ।

पानी पर्नु अगाडि मध्यपश्चिमले टस जितेर पहिले ब्याटिंग गर्दा ४.२ ओभरमा १ विकेट गुमाएर १२३ रन बनाएको थियो।

१२४ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले ४.२ ओभरमा १ विकेट गुमाएर २३ रन बनाएको थियो । समुह ए अन्तर्गतको खेलमा मध्यमाञ्चलले ब्याटिंग गरिरहँदा वर्षा भएपछि दुवै टोलीले समान १ अंक पाएका हुन् ।

पहिले ब्याटिंग गरेको मध्यपश्चिमका ओपनर सुशान्त थापा शुन्य रनमै आउट हुन् पुगे । ओपेनिंग पार्टनर सुबेन्दु थापाले पनि ८ रन भन्दा जोड्न सकेनन् । खराब सुरुवात गरेको मध्यपश्चिमका लागि राजविर सिहले सर्वाधिक ६३ रन बनाए। यस्तै प्रनित थापा मगरले २० तथा अमरसिह राउटेलाले १० रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् । मध्यपश्चिमलाई अलआउट गर्ने क्रममा मध्यमाञ्चलका किशोर महतोले ४ तथा हरीशंकर शाहले २ विकेट लिए ।

जवाफी ब्याटिंग गरेको मध्यमाञ्चलको सुरुवात पनि राम्रो हुन् सकेन । मध्यमाञ्चलका ओपेनिंग ब्याट्सम्यान हरिशंकर सुन्यमै आउट भए । यसपश्चात भुपेन्द्र थापा १० तथा सोनु तामाङ ११ रनमा नटआउट थिए ।

प्रतियोगिता अन्तर्गत आज समूह ए का मध्यमाञ्चल र पश्चिमाञ्चल बीच खेल हुनेछ ।