विपन्न तथा एकल महिलालाई कृषी सामग्री वितरण

जेठ ३०,२०७६

-

जेठ ३०,२०७६ काठमाडौं ।
राष्ट्रपती महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत रसुवाको नौकुण्ड गाउँपालिका वडा नं ५ सरमथलीका ३० जना अति विपन्न तथा एकल महिलाहरुलाई १७ हजार बराबरको कृषी सामाग्री वितरण गरिएको छ । 
 
महिलाहरुलाई सामग्री वितरण गर्नु अघि जेष्ठ १० गते देखि १४ गते सम्म तरकारी खेती तथा वितरित हुने सामग्रीहरुको उपयोगिता सम्बन्धी तालिम प्रधान गरेको थियो । 
 
महिलाहरुलाई टनेल प्लाष्टीक, पाइप, हजारी, प्रिङ कल, थोपा सिञ्चाई, पम्प, टनेल फित्ता, कैची, प्राङ्गारीक मल, सुतली डोरी, सेतो प्लाष्टीक, ड्रम, कोको फिट, नर्सरी ट्रेका साथ साथै सात प्रकारका विउविजनहरुको वितरण गरिएको छ ।
 
महिला मुक्ति तथा सचेतना समाज रसुवाको आयोजना तथा  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला तथा बालबालिका विभागको सहयोगमा कृषी सामाग्री वितरण गरिएको हो ।