Trending :
 

स्थानिय तहका विद्यालयमा लागुऔषधविरुद्ध इकाइ गठन गर्न निर्देशन

जेठ ३०,२०७६

-

जेठ ३०,२०७६ काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको इकाइ गठन गर्न निर्देशन दिएको छ । 
 
गृह मन्त्रालयको अनुरोधमा संघीय मन्त्रालयले स्थानीय तहका प्रत्येक विद्यालयमा इकाई गठन गर्न निर्देशन दिएको स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिए ।
 
मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आगामी असार ११ गते प्रत्येक विद्यालयमा इकाइ गठन गर्न निर्देशन दिएको हो । 
 
दिवस नेपालसहित विश्वभर मनाइन्छ । लागुऔषधको दुर्व्यसनबाट बालबालिका र युवा बढी प्रभावित हुने भएकाले लागुऔषधविरुद्ध जनचेतना जगाउन आवश्यक रहेकाले प्रत्येक विद्यालयमा इकाइ गठन गर्न थालिएको उहाँले जानकारी दिए ।
 
सरकारले दिवस आगामी असार ६ देखि ११ गतेसम्म मनाउने निर्णय गरेको छ ।