Trending :
 

भारतमा अत्याधिक गर्मीका कारण विभिन्न सहरका ७१ जनाको मृत्यु

आषाढ ०१,२०७६

-

असार १,२०७६ काठमाडौं ।
भारतको विहारमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको छ । बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको जिल्ला अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 
 
तर बिहार सरकारले भने यसको पुष्टि गर्न बाँकी रहेको समाचारमा उल्लेख गरिएको छ । राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् । 
 
राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४र४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । विहारमा ज्वरोको कारण शनिबार मात्रै झण्डै २० जना बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।