Trending :
 

काबुलमा भारतीय दूतावास अगाडि शक्तिशाली बम बिस्फोट, करीब ८० जनाको मृत्यु

जेठ १७,२०७४

-एजेन्सी

जेठ १७ -

अफगानिस्तानको राजधानी काबुलमा भारतीय दूतावास लगायत केही विदेशी दूतावास अगाडि शक्तिशाली बम विफोस्ट भएको छ । बुधबार बिहान गराइएको शक्तिशाली आत्माघाती कार बम बिस्फोटमा परी करीब ८० जनाको मृत्यु भएको र ३०० भन्दा बढी घाइते भएको अफगानी अधिकारीहरुलाई उदृत गर्दै अफगानी सञ्चार माध्यामहरुले जनाएका छन् ।

बिस्फोटबाट सय मिटर वरपररहेका भवनहरुमा क्षती पुगेको छ, भारतीय दूतावासको झ्यालका सिसाहरु समेत फुटेका छन् । बम बिस्फोट गराइएको स्थल नजिकै भारतीय दूतावासको अलवा जर्मन र इरानी दूतावास समेत रहेको बताइएको छ ।

आक्रमणकारीले इरानी दूतावासलाई लक्षित गरी बम बिस्फोट गराएको जनाइएको छ। बम बिस्फोट भएको क्षेत्र काबुलको उच्च सुरक्षा सतर्कता रहने क्षेत्रमा पर्छ । घटनापछि सुरक्षकर्मीले उक्त क्षेत्रलाई घेरामा राखिरहेका छन् ।

हालसम्म बम हमलाको जिम्मा कसैले नलिएको भएपनि धार्मिक अतिवादीहरूले आक्रमण गरेको अनुमान गरिएको छ ।