मुलुकको अर्थतन्त्र ६८ अर्ब २० करोड घाटामा
-
असार ४, २०७६ काठमाडौं ।
चालू आर्थिक वर्षको १० महिनामा मुलुकको घाटा ९शोधनान्तर स्थिति० ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले घाटामा थियो ।
मुलुक भित्रिने भन्दा बाहिरिने रकम बढेकाले शोधनान्तर घाटा फराकिलो बन्दै गएको हो। यसको अर्थ मुलुकबाट बाहिरिने रकम निरन्तर रुपमा बढिरहेको छ भन्ने हो।
यो वर्षको सुरुदेखि बढ्दो दरमा रहेको शोधनान्तर गत माघ महिनासम्म सुध्रिदो अवस्थामा देखिएको थियो। त्यो सुधार धेरै समय टिकेन। फागुन र चैतदेखि पुनः उकालो लाग्न थालेको हो। यही क्रममा बैशाखसम्म शोधनान्तर घाटा सवा ६८ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थितिमा यस्तो उल्लेख छ।
गत चैतमा मुलुकको शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोड रुपैयाँले घाटामा थियो। ०७५ चैतमा शोधनान्तर घाटा १४ अर्ब ६० करोड रुपैयाँ थियो। त्यसो त भुक्तानी सन्तुलन ऋणात्मक भएको यो पहिलो घटना होइन। गत दुई आर्थिक वर्षका अधिकांश महिना शोधनान्तर ऋणात्मक थियो। यो वर्षपनि सोही प्रवृतिले निरन्तरता पाएको हो।