Trending :
 

क्याम्बोडियामा सात तले भवन भत्किँदा १५ को मृत्यु

आषाढ ०८,२०७६

-

असार ८, २०७६ काठमाडौं ।
 
 क्याम्बोडियामा सात तले भवन भत्किँदा १५ जनाको मृत्यु भएको छ । आइतबार भएको घटनामा २४ जना घाइते भएका छन् । 
 
चिनियाँ कम्पनीको स्वामित्वमा रहेको सो भवन बन्दरगाह सहर सिकानोक्भील्लेमा निर्माणाधिन थियो ।  ४ जना व्यक्तिलाई सो घटनालाई लिएर पक्राउ गरिएको जनाइएको छ ।
 
सो जग्गाका क्याम्बोडियाका मालिकलाई समेत सोधपुछ गरिएको जनाइएको छ । करिब १ हजार मानिस सो घटनाको उद्धार कार्यमा खटिएका  छन् ।
 
बीबीसी