Trending :
 

अमेरिकी राष्ट्रपति ट्रम्पले किन पठाए उत्तर कोरियाली नेता किम जोङलाई चिठी

आषाढ ०८,२०७६

-

असार ८, २०७६ काठमाडौं ।
 
उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई व्यक्तिगत चिठी लेखेको बताएका छन् । 
 
कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार, अमेरिकी राष्ट्रपति ट्रम्पले लेखेको चिठीलाई किम जोङले ‘उत्कृष्ट’ बताउँदै गम्भीर विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।  
 
उत्तर कोरियाली नेता किमले चिठीको प्रशंसा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पको ‘असाधारण साहस’ को तारिफ पनि गरेका छन् । यद्दपि ट्रम्पले पठाएको चिठी किमले कहिले र कसरी प्राप्त गरे भन्ने विषयमा केही बताइएको  छैन । 
 
यो महिनाको सुरुमा नै अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा सुन्दर चिठी उत्तर कोरियाली नेता किमलाई पठाइएको बताएका थिए । बितेका केही महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमको पक्षमा नै बोल्दै आएका छन् । 
 
गएको मे महिनामा जापना भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई ‘निकै चतुर व्यक्ति’ बताउँदै उत्तर कोरियाबाट निकै सकारात्मक कामको अपेक्षा गरेको बताएका थिए ।