Trending :
 

कलाकार एकिकृत र संस्कृतीको जगेर्ना गर्ने उदेश्यले बिश्वकर्मा कलाकार मञ्च नेपाल गठन

आषाढ ०८,२०७६

-

असार ८, २०७६ काठमाडौं ।
 
बिभिन्न जिल्लाबाट आफ्नो कलाकारितालाई अगाडी बढाउनका लागी काठमाडौंमा बस्दै आएका कलाकारहरुलाई एकिकृत गर्ने र संगठित हुनुका साथै आफ्नो संस्कृतीको जगेर्ना गर्ने उदेश्यले बिश्वकर्मा कलाकार मञ्च नेपालको स्थापना भएको छ । 
 
असार ७ गते शनिबारका दिन आलाप रोधी घरमा धेरै कलाकारहरुको जमघटमा बिश्वकर्मा कलाकार मञ्च नेपालको गठन भएको हो ।
 
यस मञ्च सर्जक एबम् गायक कृष्ण आँशु बिश्वकर्माको अध्यक्षतामा गठन भएको हो भने बरिष्ठ उपाध्यक्ष शंकर बिसी, प्रथम उपाध्यक्ष झलक संगीतम, द्धितिय उपाध्यक्ष राजन भुजेल बिश्वकर्मा, महिला उपाध्यक्ष जमुना सनम, महासचिव सुजन बराईली, सचिव रामु बिरही बिश्वकर्मा, महिला सचिव पुर्णकला बिसी, कोषाध्यक्ष डिला बिक, सह कोषाध्यक्ष शान्ता शिशिर बिक, प्रवक्ता प्रकाश बराईली “अभिब्यक्ती” , कार्यक्रम संयोजक सागर बिसी, महिला संयोजक सरिता बिक रिजाल, प्रदेश नं. १ संयोजक सन्तोष बिसी, प्रदेश नं २ को संयोजकमा केही समय पछि नियुक्त गर्ने, प्रदेश नं. ३ संयोजक गीता सेन्चुरी, प्रदेश नं.४ संयोजक शर्मिला बिसी, प्रदेश नं ५ संयोजक बाल चन्द्र बराल, प्रदेश नं ६ संयोजक प्रकाश रसाईली, प्रदेश नं ७ संयोजक गंग बिक चयन भएका छन् ।
 
 
सो संस्थाको सदस्यहरुमा दिवान किनार, अमृता श्रीपाल, रमेश सेन्चुरी, कमल कुमार बिक, हेमन्त रसाईली, बिशाल बैरागी, बलराम कालिराज, बसन्त बिक, पदम बिसी, शिला बिक, सञ्जय श्रीपाल, दिपेन्द्र लोहोनी, भिम पौडेल सेञ्चुरी, अर्जुन बिरही, दर्शना तिरुवा, आयुष बिक, गणेश बाबु बिक, ताराकान्त बिक, राम गगन बिक, मोहन बिक गोखाली चयन भएका छन् । यस संस्थालाई दर्ता गरी आधिकारिक रुपमा अगाडी बढाउने र दर्ता भैसकेपछि पत्रकार सम्मेलन गर्ने कुरा अध्यक्ष कृष्ण आशु बिश्वकर्माले जानकारी गराएका छन् ।