ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश
-
असार १३,२०७६ काठमाडौं ।
ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमान प्रवेश गरेको छ । घरेलु मैदानमा जारी कोपामा ब्राजिलले शुक्रबार बिहान पाराग्वेलाई परजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो ।
खेलको निर्धारित समयसम्म ब्राजिल र पाराग्वेले गोलरहित बराबरी खेले पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा ब्राजिलले पाराग्वेलाई ४-३ गोल अन्तरले पराजित गर्यो ।
ब्राजिलका गाब्रीयल जेसस, फिलिपो कौटिन्हो, मार्कक्वीन्होस र विलियमले प्रहार गरेको पेनाल्टी गोल भएको थियो भने रोवोर्टो फिमिन्होको गोल पाराग्वेका गोल किपरले रोकेका थिए ।
यता, पाराग्वेका लागि जाउन रोड्रिगो रोगस, ब्रुनो भेल्दाज, मिगुइल अलमिरोनले गोल गरे पनि गोस्टुभो गोमेज र डेर्लिज गोन्जालेजको गोल ब्राजिलका गोलकिपरले बचाउ गर्दै टोलीलाई जित दिलाएका थिए ।
उपाधि दाबेदार टोलीका रुपमा हेरिएको ब्राजिलविरुद्ध पाराग्वेले उत्कउष्ट खेल्दा पनि पेनाल्टी सुटआउटमा पवराजित भएपछि कोपाबाट बाहिरिएको छ ।