जेठ १८,२०७४
-
जेठ १८ –
युवराज दीपेन्द्र शाहको प्रेमकथामा आधारित चलचित्र ‘दीपेन्द्र सरकार’ बन्ने भएको छ । फिल्म ‘दिपेन्द्र सरकार’ पूर्व सैनिक रथी विवेक कुमार शाहद्वारा लिखित चर्चित पुस्तक 'मैले देखेको दरबार'मा आधारित हुनेछ ।
निर्माण युनिटले बुधबार दरबारमार्गस्थित याक एण्ड यती होटेलमा पत्रकार सम्मेलन उक्त फिल्म निर्माण गर्ने घोषणा गरेको हो । निर्माण पक्षका अनुसार आगामी २०७५ जेठ १९ गते रिलिज हुने गरी बनाइने उक्त चलचित्र नेपाली इतिहासको ऐतिहासिक घटना र पात्रमाथि केन्द्रीत रहेर बन्नेछ ।
फिल्मा महाराजधिराज दीपेन्द्र शाहको भुमिकामा अभिनेता प्रदीप खड्का देखिने भएका छन् । फिल्मा सन्तोष सेन निर्माताका रुपमा रहने छन् । ‘प्रेमगीत’ र ‘चखे शंखे र पंखे’ र रिलिजको क्रममा रहेको ‘प्रेमगीत २’ निर्माण गरेका सेनले फिल्म ‘दीपेन्द्र सरकार’ आफ्नो ड्रिम प्रोजेक्ट भएको बताए । उनले फिल्ममा पुस्तकभित्र समावेश भएका प्रेम कहानी मात्र समावेश गर्ने जानकारी दिए ।
चलचित्रको छायाकंन नेपाल, बेलायत, अमेरिका लगाएतका देशमा हुने र भव्य सेट तयार पारेर सुटिङ गरिने सेनले बताए । निर्देशक, प्राबिधिक युनिट र बाँकी कलाकार छिट्टै सार्वजनिक गरिने पनि बताए ।
‘दीपेन्द्र सरकार’ करिव ५ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको छ ।
प्रमुख समाचार