Trending :
 

यूएईका प्रधानमन्त्रीकी श्रीमती सम्बन्ध विच्छेद गरि देश छोडिन

आषाढ १६,२०७६

-

असार १६,२०७६ काठमाडौं ।
संयुक्त अरब इमिरेट्स (यूएई) का उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख महम्मद बिन राशिद अल मकतुमकी श्रीमती हया बिन्त अल हुसेनले देश छोडेकी छिन् ।  
 
उनी प्रधानमन्त्री मकतुमकी छैठौँ पत्नी हुन् । हयाले आफ्नो साथमा दुई बच्चा र २ सय ७१ करोड (३.१ करोड पाउण्ड) लिएर गएको बताइएको छ । 
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हया अहिले लंडनमा छिन् । उनलाई दुबईबाट बाहिर निस्कन जर्मनी दूतावासले सहयोग गरेको बताइएको छ । 
 
जर्मनी गएर उनले त्याहाँ राजनीतिक शरणको माग पनि गरेकी थिइन । त्यसका साथै त्यहीँबाट हयाले आफ्ना श्रीमान् मकतुमसँग सम्बन्धविच्छेदको माग पनि गरेकी थिइन् । 
 
हया जोर्डनका राजा अब्दुल्लाको सौतेनी बहिनी हुन् । अक्सफोर्डमा पढेकी हया २० मे पछि भने सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा देखिन छाडेकी छिन् । 
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबईका प्रधानमन्त्री मकतुमले जर्मनसँग हयालाई फिर्ता पठाउन आग्रह गरेको भए पनि जर्मन अधिकारीले त्यसलाई नकारेका थिए । 
 
यही कारण अहिले दुबै देशबीचको सम्बन्धमा दरार आउनसक्ने आंकलन गरिएको छ । 
 
यसअघि मकतुमकी छोरी राजकुमारी लतीफाले पनि देश छोडेर भाग्ने कोशिस गरेको भए पनि उनलाई भारतीय तटभन्दा टाढा समुन्द्रमा एक पानीजहाजबाट नियन्त्रणमा लिइएको थियो ।  
 
त्यसपछि उनी देखिएकी छैनन् । उनलाई नजरबन्द गरेर राखिएको बताइएको छ । बुवाको अत्याचारका कारण आफू देशबाट बाहिर जान खोजेको त्यसबेला लतीफाले बताएकी थिईन ।