सेयर बजारमा चार अंकको गिरावट
-
असार २२,२०७६ काठमाडौं ।
साताको पहिलो दिन आइतबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज ९नेप्स० परिसूचकमा चार अंकको गिरावट आएको छ ।
आइतबार नेप्से ४.४५ अंकले घटेर १ हजार २ सय ५६.०४ अंकमा पुगेको हो भने सेन्सिटिभ इन्डेक्स पनि १.११ अंकले घटेर २ सय ७०. ३५ अंकमा पुगेको छ ।
नेप्से घटेको दिन बजारमा १ सय ७३ कम्पनीका २२ लाख १६ हजार ४ सय ९३ कित्ता सेयर ५४ करोड ५ लाख २९ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भए ।
आज बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्य ६ समूह उकालो लागेका छन् भने बाँकी ६ समूह नै ओरालो लागेका छन् । जसमा निर्जीवन बिमा समूह सर्वाधिक ३८।३२ अंकले उकालो लाग्यो भने जीवन बिमा समूह सर्वाधिक ५०.२४ अंकले ओरालो लाग्यो ।
साताको पहिलो दिन सेयर बजारमा सिभिल बैंकको कारोबार सबैभन्दा धेरै भयो । बैंकको सेयर ५ करोड ७९ लाख ८० हजार ७ सय ४८ रुपैयाँमा कारोबार भएको हो ।
नेप्से घटेको दिन स्वाभिमानी लधुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेको हो । त्यसैगरी रिलायन्स फाइनान्सका लगानीकर्ताले सर्वाधिक ११.३० प्रतिशत सेयर मूल्य गुमाए ।