Trending :
 

नाँच घरमा “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” जारी

आषाढ २३,२०७६

-

असार २३,२०७६ काठमाडौं ।
लोक कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक संस्थान राष्ट्रिय नाँच घर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीद्धारा संयुक्त आयोजनामा आइतबारदेखी सुरु भएको “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” आज पनि जारी छ ।
 
प्रतियोगीता कार्यक्रम यही असार २५ गते सम्पन्न हुने छ । प्रतियोगीहरुले आ-आफ्ना गितहरु प्रस्तुत गरिरहेका छन । “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” साँस्कृतीक संस्थानका महाप्रबन्धक राजेश थापाको सभापतित्वमा भएकोकार्यक्रममा प्रमुख अतिथीको रुपमा बरिष्ठ गायक एवं चलचित्र निर्देशक नारायण रायमाझी रहेका थिए ।
 
प्रतियोगीतामा २८ वटा समुहले भाग लिएका छन् । प्रतियोगीतामा प्रतियोगी समुहको समायोजन कृष्ण आँशुले गरेका छन भने सो कार्यक्रमको संयोजकको रुपमा प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष एबम् बरिष्ठ गीतकार रमेश बिजी रहेका छन् । 
 
दोहोरी प्रतियोगीतामा बिभिन्न संघ संस्था र ब्यक्तीहरुले आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरेका छन् । कार्यक्रममा कलाकार र पत्रकारहरुको उपस्थिीती रहेको छ । राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका छन् ।
Image may contain: 4 people, people smiling, people sitting