Trending :
 

स्वास्थ्य जानकारी

सेन्ट जोन एशोसिएशनले ‘प्राथमिक स्वास्थ्य तालिम’ दिने

जेठ १८,२०७४

-

१८,२०७४ जेठ,काठमाडौँ -

सेन्ट जोन एशोसिएशनले नेपाल आँखा अस्पतालको सहकार्यमा उक्त तीन दिने तालिम संचालन गर्न लागेको एशोसिएशनका संस्थापक सदस्य तथा प्रशिक्षक डा. अरुण ढुंगानाले जानकारी दिए ।
उक्त एशोसिएशनले यसअघि मलेसियासँगको सहकार्यमा प्राथमिक तालिम सञ्चालन गर्दै आएकोमा यस पटकदेखि आफैँले सो तालिम सञ्चालन गर्न लागेको हो । नेपाल जस्तो भौगोलिक बिकटता र प्राकृतिक प्रकोपहरु भुकम्प, बाढी, आगलागी र सडक दुर्घटना लगायतका अन्य घटनाबाट मानिसहरु प्रताडित भएको अवस्थामा उनीहरुलाई कसरी उद्धार गरी प्राथमिक उपचार गर्न सकिन्छ र मृत्युहुनबाट जोगाउन सकिन्छ भन्ने हेतुले तालिम आयोजना गर्न लागिएको डा. ढुंगानाले बताए ।

 

इच्छुक व्यक्तिले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्तालमा गई फर्म भर्न सकिने छ । शूल्क भने तीन दिनका लागि १५ सय तोकिएको छ । यस बारेमा थप जानकारी लिन डा. ढुंगानालाई ९८५१२३८६३३ नम्बरमा सम्पर्क गर्न सकिने छ ।