Trending :
 

सात विश्वविद्यालयमा पदाधिकारी रिक्त हुदै, दलीय भागबण्डा अन्त्यको जोड

आषाढ २४,२०७६

-

असार २४,२०७६ काठमाडौं ।
अबको एक महिनापछि सातवटा विश्वविद्यालयमा पदाधिकारी रिक्त हुँदैछन् । पदाधिकारी बन्न नेताको घरदेखि पार्टी कार्यालयसम्म कतिपयको दौडधूप सुरु भइसकेको छ । 
 
विगतमा दलीय भागबण्डाका आधारमा पदाधिकारी बनाइँदा विश्वविद्यालय यतिबेला बेथितिका महल बनेका छन् । 
 
विश्वविद्यालयले गुमाउँदै गरेको साख र धमिलो बन्दै गएको छविलाई लिएर यतिबेला सबैको चासो एवं चिन्ताको विषय बन्न पुगेको छ । 
 
अब पनि पदाधिकारी नियुक्तिमा गम्भीर बन्न सकिएन भने इतिहासले यो भूललाई कहिल्यै क्षमा प्रदान गर्न नसक्ने टिप्पणी शैक्षिक वृत्तमा गरिन थालिएको छ ।
 
राष्ट्रिय योजना आयोगको शिक्षा हेर्नुहुने सदस्य डा उषा झाले राजनीतिक दल र नेताप्रति प्रतिबद्ध हुने विश्वविद्यालयका पदाधिकारी अब हामीलाई चाहिएको छैन भन्दै थपे, “विगत दुई दसकदेखि गलत संस्कार बोकेको बताए । 
 
यसले गर्दा विश्वविद्यालयमा विकृति झाँगिँदै गयो, राम्रा विद्यार्थी गुमाउँदै गयौँ । अब यो बेथितिलाई यहीँ पूर्ण्विराम लगाउनु पर्दछ ।” 
 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आगामी भदौबाट पदाधिकारी रिक्त हुँदैछन् ।
 
आजको गोरखापत्र दैनिकमा खबर छ।