दोहोरी गीत प्रतियोगिता सम्पन्न,जुनकिरी दोहोरी साझले पायो १ लाख पुरस्कार
-
असार २६,२०७६ काठमाडौं ।
लोक कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक संस्थान ९राष्ट्रिय नाचघर ० जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रिय समितिको आयोजनामा “राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०७६” सम्पन्न भएको छ ।
प्रतियोगिता यहि असार २२ गते सुरु भएर असार २५ गते सम्पन्न भएको हो । प्रतियोगितामा २८ समुहले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम जुनकिरी दोहोरी साझ, दोस्रो नगरकोट दोहोरी साझ (ख) , तेस्रो गन्डकी प्रदेश, सान्त्वना नगरकोट दोहोरी साझ ९क० भए ।
अनुशासित कलाकार तर्फ जालुमाया गुरुङ्ग, नवदित कलाकार तर्फ कृष्णा राना क्षेत्री, उत्कृष्ट गायक तर्फ अर्जुन खड्का, उत्कृष्ट गायिका तर्फ सपना रोका बिजयी हुन सफल भएका थिए ।
प्रथम पुरस्कार रु १ लाख, दोस्रो पुरस्कार रु ५० हजार, तेस्रो पुरस्कार रु २५ हजार, सान्त्वना पुरस्कार रु १० हजार, उत्कृष्ट गायक गायिका पुरस्कार रु ५/५ हजार, नवदित कलाकार र अनुशासित कलाकारलाई रु २५००/२५०० पुरस्कार राशी थियो । प्रथम पुरस्कारको प्रायोजन पृथ्वी थकालिले गरेका थिए ।
प्रतियोगी समुहको समायोजन कृष्ण आशुले गरेका थिए । कार्यक्रम संयोजकको रुपमा प्रतिस्ठानका केन्द्रिय बरिस्ठ उपाध्यक्ष रमेश बिजि रहेका थिए ।
कार्यक्रम अवधिभर रमेश बिजिले नै कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए । प्रतियोगिताका बिजेता समुहलाई नारायण रायमाझी, पृथ्वी थकाली, राजेश थापा लगायतले पुरस्कार बितरण गरे ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षता तथा बरिष्ठ गायक एबम चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रतिस्ठानका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी विशेष अतिथी थिए ।
अध्यक्ष बद्री पङ्गेनी र केन्द्रिय कोषाध्यक्ष दिपक खड्काले सहयोगदाता, कलाकार, पत्रकारहरु प्रती आभार प्रकट गर्दै बिजेताहरुलाई बधाई ज्ञापन गरे ।