Trending :
 

अमेरिकी कम्पनीसँगको व्यापार सम्बन्ध तोड्ने चिनको घोषणा

आषाढ ३१,२०७६

-

असार ३१,२०७६ काठमाडौं ।
चीन सरकार र चिनियाँ कम्पनीहरुले ताइवानलाई हतियार बेच्दै आएका अमेरिकी कम्पनीसँगको व्यापार सम्बन्ध तोड्ने भएका छन्। वासिङ्टनसँगको सम्बन्ध खराब भइरहेकै बेला आएको चीनको यस्तो प्रतिबन्धबारे भने विस्तृत विवरण भने दिइएको छैन।
 
चिनियाँ विदेश मन्त्रालयले सोमबार ताइवानलाई हतियार बेच्ने अमेरिकी कम्पनीहरुसँगको सम्बन्ध चीन सरकार र चिनियाँ कम्पनीहरुले तोड्ने बताएको हो।
 
स्वशासित एवं प्रजातान्त्रिक ताइवानलाई चीनले आस्वशासित एवं प्रजातान्त्रिक ताइवानलाई चीनले आफ्नो भएको दाबी गर्दै आइरहेको भए पनि बेइजिङको नियन्त्रणमा ल्याउनका लागि हालसम्म बल प्रयोग भने गरेको छैन। संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा ताइवान जहिले पनि अति महत्वपुर्ण मुद्दा भएको चीनले भन्दै आएको छ।
 
रेथियोनद्वारा निर्मित एक सय आठ वटा जनरल डाइनामिक्स कर्प एम वान ए टु टी ट्यांक र दुई सय ५० वटा स्टिंगर क्षेप्यास्त्रलगायतका हतियार बेच्नका लागि ताइवानले गरेको आग्रहलाई रक्षा मन्त्रालय पेन्टागनले स्वीकृत गरेको अमेरिकी विदेश मन्त्रालयले गत साता बताएका थियो।
 
ताइवानलाई हतियार बेच्ने अमेरिकी कम्पनीहरुलाई प्रतिबन्ध लगाउने चीनले गत शुक्रबार बताएको भए पनि यस विषय विस्तृत जानकारी भने दिएको छैन।
 
ताइवानका लागि अमेरिकाले हतियार बेच्न गरेको पछिल्लो सम्झौतामा करिब २२ अर्ब डलरबराबरको ट्यांक, क्षेप्यास्त्र र सम्बन्धित उपकरणलगायतका छन्।
 
ताइवानलाई हतियार बेच्ने कार्य अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको र यसले चिनियाँ सार्वभौमिकता र राष्ट्रिय सुरक्षालाई हानी गरेको विदेश मन्त्रालयका प्रवक्ता जेङ सुहाङलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।
 
‘अमेरिकी कम्पनीहरुसँग चीन सरकार र चिनियाँ कम्पनीहरुले सहकार्य गर्ने छैनन् वा व्यापारिक सम्पर्क हुने छैन,’ मन्त्रालयले आयोजना गर्ने दैनिक पत्रकार सम्मेलनमा प्रवक्ता सुहाङले बताए। ‘यस विषयमा मैले विस्तृत जानकारी अहिले नै सार्वजनिक गर्न सक्दिँन। तर विश्वास गर्नुहोस्–चिनियाँ नागरिक आफ्ना भनाइमा सधैं अडिग रहन्छन्,’ उनले बताए।
 
प्रतिबन्ध लाग्न सक्ने सम्भावित अमेरिकी कम्पनीबारे चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक मुखपत्र ‘पिपल्स डेली’ले आइतबार आफ्नो विच्याट अकाउन्टमा एउटा लेख पोस्ट गरेको छ। जसमा अब्राहम टंयाकको इन्जिन बनाउने हनीवेल इन्टरनेसनल इन्कर्पोरेसन र जनरल डाइनामिक्सको स्वामित्वमा रहेको निजी जेट निर्माण कम्पनी गल्पस्ट्रिम एरोस्पेस रहेका छन्।