Trending :
 

प्रधानमन्त्री राहत कोषमा २५ लाख हस्तान्तरण

श्रावण ०८,२०७६

-

साउन ८,२०७६काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत दुईवटा संस्थाले २५ लाख रुपैंया हस्तान्तरण गरेका छन् । 
 
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले १० लाख र  व्यापारिक समुह केडिया ग्रुपले १५ लाख रुपैंया हस्तान्तरण गरेका हुन् । 
 
राहत रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको चपेटामा परेका जनतालाई सहयोग गर्नका लागि रकम हस्तान्तरण गरेकोमा ट्रेड युनियन र केडिया ग्रुपलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । 
 
“प्राकृतिक विपत्तीमा परेका जनताहरुलाई तपाईंहरुले दिएको रकमले उद्धार र राहातमा ठुलो सहयोग पुग्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “मानवीय सहयोगको यस कार्यका लागि तपाईंहरुलाई हार्दिक धन्यवाद छ ।”
 
राहत रकम बुझाउन गएको निजामती कर्मचारीको आधिकारिक टे«ड यूनियनको प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अब सृजना र योगदानको समय आएको बताउनुभएको छ । 
 
“कतिपयले माग राख्नु अघि नै आन्दोलन गर्न सुरु गर्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो,-“हामीले लोकतन्त्र ल्याइसक्यौं । लोकतान्त्रिक प्रणाली बसालिसक्यौं । अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नु पर्दैन” ।
 
अब सृजनशिल काम र देशका लागि योगदान गर्ने समय आएको प्रधानमन्त्री ओलीको भनाई छ । ”
 
प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासका निम्ती प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ । सरकारको यस अभियानलाई साथ दिन कर्मचरीहरुलाई प्रधानमन्त्रीले आग्रह पनि गर्नुभएको छ । 
 
“सरकारका हात खुट्टा भनेका कर्मचारी नै हुन् ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यस कारण कर्मचारीहरु सेवामुखी भए भने जनतामा सरकारप्रतिको सकारात्मक सन्देश पनि जान्छ ।”