जेठ १९,२०७४
-
जेठ १९ –
विश्व फुटबलको सर्वोच्च निकायले फिफाले जुन महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल चार स्थान सुधार गर्दै १६९औं स्थानमा उक्लेको छ ।
सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले चार स्थान उक्लिदा दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको भारत सयौँ स्थानमा यथावत छ ।
नयाँ वरीयताअनुसार नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा छ । त्यस्तै दोस्रो स्थानमा रहेको माल्दिभ्स ४ स्थान तल झर्दै समग्र वरीयताको एक सय ५६औं स्थानमा छ । दक्षिण एसियाली राष्ट्रमा नेपाल भन्दा माथि रहेको भुटान २ स्थान तल झर्दै १ सय ६६ औं स्थानमा पुगेको छ । त्यस्तै समान ४ स्थान चिप्लिएको अफगानिस्तान १ सय ५८ ।
नेपाल भन्दा तल रहेको बंगलादेशले एक स्थान सुधार गर्दै १ सय ९२ औं, श्रीलंका १ सय ९७ औं र एक स्थान सुधार गरेको पाकिस्तान २ सय औं स्थानमा छ ।
वरीयताको शीर्ष स्थानमा ब्राजिल यथावत छ भने अर्जेन्टिना दोस्रो स्थानमा कायमै छ। । तेस्रोमा जर्मनी, चौथोमा चिली, पाँचौमा कोलोम्बिया , छैटौँमा फ्रान्स, सातौँमा बेल्जियम, आठौँमा पोर्चुगल, नवौँमा स्वीट्जरल्याण्ड तथा दशौँ स्थानमा स्पेन यथावत छ । स्पेन जतिकै समान अंक जोडेको पोल्याण्ड पनि एक स्थान सुधार गर्दै संयुक्त रुपमा दशौँ स्थान छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार