Trending :
 

बेलायती नयाँ प्रधानमन्त्री बोरिस जोन्सनले सपथ लिए

श्रावण ०८,२०७६

-

साउन ८, २०७६ काठमाडौं ।
बेलायती महारानी एलिजाबेथले कञ्जरभेटिभ पार्टी दलको नेता बोरिस जोन्सनलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन्। 
 
प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएपछि बुधबार महारानीले पद तथा गोपनियतको सपथ गराएकी हुन्।  जोन्सनले आजैदेखि आफ्नो कार्यभार औपचारिक रुपमा सुरु गरेका छन्। 
 
६ सय ५० सदस्यीय बेलायती संसदमा कञ्जरभेटिभ पार्टीका ३ सय १३ छन्। प्रधानमन्त्री जोनसनले डियुपीको सर्मथनमा बहुमत भएको दावी वेलायती रानी समक्ष पेश गर्दै प्रधानमन्त्री भएका हुन्।
 
जोन्सन झण्डै एक महिना लामो चुनावी प्रक्रियापछि भारी मत प्राप्त गर्दै मंगलबार सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा चुनिएका हुन्।